जनकपुरको बिहारकुण्ड पोखरीमा डुबेर एक पुरुषको मृत्यू
पोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । उनी हाल जनकपुरधामको बलुवा टोलस्थित छोरीको घरमा बस्दै आएका थिए ।

२०७८ चैत १७ बिहीबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक नगरी भनेर चिनिने मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित पोखरीमा डुबेर एक पुरुषको मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बिहारकुण्डस्थित पोखरीमा डुबेर एक पुरुषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ८० को रघुवंश यादवको बिहाकुण्डस्थित पोखरीमा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको अनुसार, मानसिक सन्तुलन ठिक नभएको यादव उपचारको लागि जनकपुर आएर छोरीको घरमा बस्दै आएका थिए । उनी बुधबार साँझै डुबेको हुनुपर्ने अनुमान गरिएको छ ।
पोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । उनी हाल जनकपुरधामको बलुवा टोलस्थित छोरीको घरमा बस्दै आएका थिए ।
प्रहरीले स्थानीयहरुको सहयोगमा उनको शव पोखरीबाट झिकेर पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…