भोली डा. सिके राउतको आमसभा धनुषाको तिनकोरियामा, हजारौँ सर्वसाधारण ओर्लिने
डा. सिके राउतलाई हेर्नको लागि पनि हजारौँको सँख्यामा आम सर्वसाधारणहरु आमसभामा सहभागी हुने विश्वास लिएको हो ।

२०७८ चैत १६ बुधबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा सधैँ चर्चा रहँदै आएको डा. सिके राउत नेतृत्वको जनमत पार्टीको आमसभा भोली विहिबार हुने भएको छ ।
धनुषा जिल्लाको विदेह नगरपालिकाको तिनकोरियाचोकस्थित भोली विहिबार विशाल आम सभा हुन लागेको जनमत पार्टीले जनाएको छ ।
जनमत पार्टीको आमसभामा सहभागी हुन डा. सिके राउत आउने भएपछि जनमत पार्टीले एक साताअघि देखि नै धनुषाको विभिन्न स्थानीय तहमा माईकिँग गरी जानकारी गराएको हो ।
विहिबार (भोली) विहान ११ बजेदेखि सुरु हुने विशाल आमसभाको लागि यहाँका किसान, शिक्षक, कर्मचारी, महिलाहरुलाई समेत सहभागीताको लागि आग्रह गरिएको हो ।
डा. सिके राउतलाई हेर्नको लागि पनि हजारौँको सँख्यामा आम सर्वसाधारणहरु आमसभामा सहभागी हुने विश्वास लिएको हो ।
भोली हुने आमसभाको लागि त्यहाँस्थित रहेको सरकारी स्कूलको प्राँगनमा सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…