हंसपुरमा जसपाको समायोजन, अध्यक्ष पुनः कापरी
समायोजनमा पुर्व समाजवादी पार्टी नेपाल र पुर्व राष्ट्रिय जनता पार्टी नेपाल दुबै मिलि नयाँ कार्य समितिमा उपाध्यक्ष, रामबृक्ष ठाकुर, उदयकुमार सिंह, रामनारायण मण्डल, सचिवमा धनु यादव, सह–सचिवमा कुशेश्वर मण्डल, कोषाध्यक्ष जियाउल मुस्तफालाई चयन गरिएको छ ।

२०७८ चैत १५ मंगलबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल हंसपुर नगरपालिकाको नगर अध्यक्षमा पुनः रामनारायण कापरी सर्वसहमतिले चयन भएका छन् ।
जसपा नेपाल केन्द्रिय सदस्य सुरेन्द्र मण्डलको विशेष उपस्थितिमा सोमबार भएको समायोजनको क्रममा कापरीलाई पुनः अध्यक्षको जिम्मेवारी तोकिएको हो ।
पार्टीको प्रदेश सदस्य देबकृष्ण मण्डल, अतिथि समाजवादी युवा संघ धनुषा अध्यक्ष दिपेन्द्र कापरी अतिथिहरुको उपस्थितिमा रामनारायण कापरीको अध्यक्ष सहित ४५ सदस्य समायोजन गरि नयाँ कार्य समिति चयन गरिएको जनाइएको छ ।
समायोजनमा पुर्व समाजवादी पार्टी नेपाल र पुर्व राष्ट्रिय जनता पार्टी नेपाल दुबै मिलि नयाँ कार्य समितिमा उपाध्यक्ष, रामबृक्ष ठाकुर, उदयकुमार सिंह, रामनारायण मण्डल, सचिवमा धनु यादव, सह–सचिवमा कुशेश्वर मण्डल, कोषाध्यक्ष जियाउल मुस्तफालाई चयन गरिएको छ ।
यस्तै, समितिको सदस्यहरुमा बलिराम कापरी, शन्तु साह, दिनेश साह, नागेश्वर साह, बिल्टु साह, किसुन दास, श्याम सहनी, सरिताकुमारी साह, फुलगेन यादव, सबिला खातुन, प्रमोदकुमार सिंह, कृपाली मण्डल, श्रीकिसुन मण्डल, मो. सदरे आलम, संजयकुमार कामत, रामजोगावन सिंह, चन्द्रकला देवी राउत, अमृती देवी दास, शिवचन्द्र यादव, बिरेन्द्र साह, अल्काकुमारी रजक, मन्तोरिया देवी महरा, बिनयकुमार साह, संजयकुमार सिंह, साबिर नदाफ, रिता मण्डल, श्रवणकुमार मण्डल, इद्रीस नदाफ, राजु ठाकुर, सुखचन्द्र मण्डल, रामसुदिष्ट दास, बरुण मण्डल, मुदिन नदाफ, रामसेवक मण्डल, शिकिलिया देवी राउत, शिवोदेवी महरा र राजकिशोर सोनारको लगायत पदाधिकारी सहित समिति चयन गरेको छ।
समायोजन कार्यक्रममा हंसपुर नगरपालिका वडा नम्बर १ देखि ९ वडासम्म अध्यक्षहरु तथा नगरका सम्पूर्ण नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…