लहानको कामना नर्सिँग होमद्धारा सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढी लाभान्वित
यसको साथै, महिलाहरुको पाठेघरमा समस्या परेका बिरामिलाई सिरहाको लाहानमा अबस्थित कामना नर्सिङ होममा ५० प्रतिशत छुटमा उपचार भइरहेको समेत कामना नर्सिङ होम प्रशासन शाखाका प्रमुख रोशन कुशवाहाले जानकारी दिए ।

२०७८ चैत १३ आइतबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहानस्थित अवस्थित कामना नर्सिँग होमको आयोजनामा मधेश प्रदेशको सप्तरीस्थित गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सयौँ जना लाभान्वित बने ।
सप्तरी जिल्लाको खडक नगरपालिका वडा नम्बर ५ खर्चुहियास्थित बजारमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरको क्रममा दुई सयभन्दा अधिक नागरिकहरु लाभान्वित बनेका छन् ।
सो निःशुल्क स्वास्थ्य शिविरमा डा. रितेश कुमार गिरि , डा. कबिता साह , डा. बिनोद कुमार सिंह, डा.अनिल यादव , डा. आलोक गोइत, डा. भावना चौधरी, डा. रोजि देब डाक्टरहरुले चेकजाँच गरेको थियो ।
शिबिरमा विभिन्न ठाउँ गाउँ बाट जम्मा २ सय १७ जनाले चेकजाँच गराएरका थिए भने जस्मा महिला, पुरुष लगायत जेष्ठनागरीगरुको उपस्थिति रहेको थियो । कामना नर्सिङ होमका संचालक ब्रीदेब महतोको विशेष पहलमा सो स्थानमा निःशुल्क शिविर सम्पन्न गरेको हो ।
मधेसको ग्रामिण भेमा महिलाहरुको शारीरिक समस्या जस्तैः पाठेघरमा समस्या देखिनु, आङ खस्नु,खुट्टाको गुडा दुख्ने आदि जस्ता समस्या परेको बिरामीको चेकजाँचको लागि निःशुल्क शिविर सँचालन गरेको सँचालक महतोले बताए ।
यसको साथै, महिलाहरुको पाठेघरमा समस्या परेका बिरामिलाई सिरहाको लाहानमा अबस्थित कामना नर्सिङ होममा ५० प्रतिशत छुटमा उपचार भइरहेको समेत कामना नर्सिङ होम प्रशासन शाखाका प्रमुख रोशन कुशवाहाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…