हंसपुर नगरपालिकामा लोसपा पार्टी नगरकार्यालय सँचालन
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको हँसपुर नगर कार्यालय सञ्चालनमा आएको छ ।

२०७८ चैत १३ आइतबार, दिउँसो २:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको हंसपुर नगरपालिकामा नगर कार्यालय एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
पार्टीका नगरअध्यक्ष लालबाबु यादवको अध्यक्षता तथा केन्द्रिय सद्स्य रुपनरायाण मण्डलको प्रमुख आतिथ्यमा फित्ता काटेर कार्यालय उदघाटन गरिएको हो ।
अध्यक्षता गर्दै यादवले २४ सै घण्टा कार्यालयमा तयारी अवस्थामा बस्ने गरेको बताउँदै उनले भने,–“तपाईहरु कुनै बेला आवश्यकता परेमा साथमा हुनेछौं यदि हाम्रो कार्यकर्ता लाई कसैले हेप्न खोजिएमा हामी उसलाई जवाफ दिन पछि हटने छैनौँ ।”
सो क्रममा हँसपुर नगरपालिकाका मेयर एवम पार्टीका नेता रामज्ञान मण्डलले संघीयता पश्चात् हंसपुर नगरपालिकामा युवाको नेतृत्वमा मेयरको जिम्मेवारी दिएपछि हंसपुरमा विकासमा अग्रसर रहेको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको हँसपुर नगर कार्यालय सञ्चालनमा आएको छ । मेयर तथा पार्टीका युवा नेता रामज्ञान मण्डल तथा वरिष्ठ नेता तथा समाजिक अगुवा रुप नारायण मण्डलले संयुक्त रुपमा कार्यालयको समुदघाटन गरेका छन् ।
कार्यक्रममा मेयर मण्डलले विगतका चुनाव जस्तै साइकल छापलाई जनताको माया र स्नेह प्राप्त हुने र मधेश प्रदेशमै अगामि निर्वाचनमा पनि साइकलले नै जित्ने बताए ।
कार्यक्रममा नगर संयोजक लालबाबु, नेताहरु प्रमोद मण्डल, उदय साह, रामसेवक मण्डल, नरेश मण्डल सहितको उपस्थिती थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…