मन्त्री रेणु यादवलाई कालो झण्डा देखाएको भन्दै जसपाका कार्यकर्ताहरुले किसानलाई कुटे, दुई घाईते
सिरहाको कल्याणपुरस्थित मन्त्रीको गाडीको लस्करबीच किसानहरुले विरोध स्वरुप कालो झण्डा देखाउन थालेपछि पछाडी मोटरसाईकलमा सवार जसपाका केही कार्यकर्ताहरुले किसानहरुलाई कुटपिट गरेको थियो ।

२०७८ चैत १२ शनिबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कालो झण्डा देखाएको भन्दै जसपाका कार्यकर्ता र किसानहरुबीच समान्य झडप भएको हो ।
शुक्रबार दुई सडकको शिलान्यास गर्न पुगेकी मन्त्री यादवलाई किसानको माग लिएर निरन्तर आन्दोलनरत रहेको किसानहरुले कालो झण्डा देखाउन खोज्दा दुई पक्षबीच समान्य झडप भएको हो ।
कालो झण्डा देखाउन नदिनको लागि जसपाका केही कार्यकर्ताहरुले किसानहरुलाई रोकेको थियो । राक्ने क्रममा समान्य झडप हुँदा किसानहरु कुटिएको बताइएको छ ।
सो क्रममा किसान आन्दोलन समितिका कोषाध्यक्ष रँजीत साह घाईते भएको जनाइएको छ । साहको साथै सँजय यादवसमेत समान्य घाईते भएको जनाइएको छ ।
सिरहाको कल्याणपुरस्थित मन्त्रीको गाडीको लस्करबीच किसानहरुले विरोध स्वरुप कालो झण्डा देखाउन थालेपछि पछाडी मोटरसाईकलमा सवार जसपाका केही कार्यकर्ताहरुले किसानहरुलाई कुटपिट गरेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…