माओवादी कर्मचारी संघको केन्द्रीय सदस्य यादव पनि जनमतमा
मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए ।

२०७८ चैत ८ मंगलबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । माओवादीको कर्मचारी सँघको एक केन्द्रीय सदस्य डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
माओवादी पार्टी कर्मचारी संघको केन्द्रीय सदस्य तथा भेटनरीको रिटायर्ड अधिकृत जनमतमा प्रवेश गरेको हो ।
माओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , समतामुलक समाज निर्माण को लागि संघर्ष गर्दै आए पनि विभिन्न पार्टी ले मधेशको समस्या समाधान गर्न नसकेको कारणले जनमत पार्टी रोज्नु परेको बताए ।
मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए ।
आफ्नो मन्तव्य राख्दै भाबुक बनेका यादव रिटायर्ड अबस्थामा अब समाजको लागी केही गर्ने अठोट राखेरै जनमतमा प्रवेश गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…