आज जनकपुर आउँदै प्रचण्ड
जनकपुरधाममा राखिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको मधेस प्रदेश स्तरिय राजनितिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रचण्ड सहभागी हुने भएको छ ।

२०७८ चैत ८ मंगलबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” आज मँगलबार जनकपुर आउने भएको छ ।
माओवादी केन्द्र पार्टीको कार्यकर्ता भेला सहित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नको लागि प्रचण्ड आज जनकपुर आउन लागेको हो ।
बिहान ११ः०० बजे हवाई जहाज मार्फत जनकपुर ओर्लने कार्यक्रम रहेको माओवादी केन्द्रका एक नेताले बताए ।
जनकपुरधाममा राखिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको मधेस प्रदेश स्तरिय राजनितिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रचण्ड सहभागी हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…