फेरी बढयो पेट्रोलको भाउ, अब नयाँ मूल्य कति ?
केही दिन अघि मात्र नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउमा वृद्धि गरेको थियो ।

२०७८ चैत २ बुधबार, राति ९:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।
भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ।
बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर वृद्धि भएको छ।
केही दिन अघि मात्र नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउमा वृद्धि गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…