आन्दोलित रिक्साचालक र प्रहरीबीच झडप, लाठीचार्ज
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरुले जुलुस निकाल्न खोजेपछि बिहीबार पटक पटक प्रहरी र ई–रिक्सा सञ्चालक बिच तनाव उत्पन्न भएको हो । सो क्रममा प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि स

२०७४ चैत १५ बिहीबार, राति ९:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १५ चैत्त । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् ।
भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरुले जुलुस निकाल्न खोजेपछि बिहीबार पटक पटक प्रहरी र ई–रिक्सा सञ्चालक बिच तनाव उत्पन्न भएको हो ।
सो क्रममा प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि सामान्य लाठी चार्ज समेत गरेको छ । विरोधमा नगर भित्र जुलुस निकाल्न जनकपुरको बाह्रविघा मैदानमा सयौंको संख्यामा अटो ई–रिक्सा सञ्चालकहरु रिक्सा सहित भेला भएका थिए ।
उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचान गरिएको थियो । महगाईको समयमा यातायात व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफुहरुको घरपरिवार खर्च धान्न समेत मुस्किल हुने ई–रिक्सा सञ्चालकहरुको गुनासो छ । उनीहरुले भाडादर परिमार्जनको माग गरेका छन् ।
नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका पुर्वअध्यक्ष मनोज झाले जनकपुर उपमहानगरपालिका बाहेक देशका अन्य ७६ वटा जिल्लामा ई–रिक्साहरु ब्यबस्थित रुपमा सञ्चालन भईरहेको बताउँदै यहाँ जनकपुर उपमहानगरपालिकाले ब्यबस्थापन नै नगरि पटक पटक रिक्सा सञ्चालकहरुलाई झटका दिंदै आएको गुनासो गरेका छन ।
उनले भने–दर रेट निर्धारण गर्ने अधिकार उपमहानगरपालिकाको रहेपनि ट्राफिकले जबरदस्ती दर रेट निर्धारण गरेको हो । रोड नभई तोकिएको रेट आफुहरुलाई मान्य नरहेको उनले बताए ।
नेपाल स्वतन्त्र अटो ई–रिक्सा मजदुर संघका अध्यक्ष शंकर ठाकुरमाथि आक्रोशित हुँदै पुर्व अध्यक्ष झाले जनकपुर उपमहानगरपालिका भित्र सञ्चालित १७ सय ई–रिक्सा सञ्चालक मध्ये ठाकुर मात्र ४० जनाका लागि अध्यक्ष रहेको आरोप लगाए ।
उनले वर्तमान अध्यक्ष ठाकुरले आफुहरुसँग कुनै सल्लाह नै नगरि आफुखुशी रेट निर्धारण गर्ने सम्झौतामा हस्ताक्षर गरेको गुनासो गरेका छन ।
झाले भने–आफुहरुले जिल्ला प्रशासन,जनकपुर उपमहानगरपालिका र ट्राफिक प्रहरी कार्यालयमा निर्धारण गरिएको दर रेट फिर्ता लिन माग गरेका छौं ।
यदि ३ दिन भित्र आफुहरुको माग सम्बोधन नगरिए चक्का
जाम,उपमहानगरपालिकाको कार्यालय र ट्राफिक प्रहरी कार्यालयको अगाडी धर्ना दिने लगायतका संघर्षका कार्यक्रमहरु ग्र्ने चेतावनी समेत दिएका छन ।
यता,मनोमानी ढंगले ई–रिक्सा चालकहरुले यात्रुसँग भाडा असुल गरिरहेको गुनासो आउन थालेपछि ट्राफिक कार्यालय धनुषाले मूल्यदर निर्धारण गरेको हो ।
ई–रिक्साको भाडामा एकरुपता ल्याउनका लागि भाडादर कायम गरिएको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख हरिनन्दन चौधरीले बताए ।
गत एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई–रिक्साहरुको भाडादर निर्धारण गरेको थियो ।
उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई– रिक्साहरुमा भाडादर स्टिकर समेत टाँसेको थियो ।
नयाँ भाडादर अनुसार जनकपुरधाम नगरभित्र चलाउने ई–रिक्साहरुले ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्रै भाडा असुल्न पाउने छन । यता,ई–रिक्सा सञ्चालकहरुले बिहिबार अबेर साँझ रामानन्दचोकमा केहिबेर सडक अबरुद्ध गरि चक्काजाम समेत गरेका थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…