चक्रघटा गाउँपालिकामा १५ शैयाको अस्पतालको भवनको शिलान्यास
हामी निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ सेवामा पहुँच बढाउन स्थानिय स्रोत साधनको प्रयोग गरेर सहि समयमा सहि निर्णय लिदै स्वास्थ संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानिय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानिय सरकारले स्वास्थ सेवा प्रवाह गर्दै आएकोे बताए ।

२०७८ चैत १ मंगलबार, राति १०:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पतालको भवनको शिलान्यास गरिएको छ ।
चक्रघटा गाउँपालिका वार्ड न। ५ स्थित पडरिया मा पालिका अध्यक्ष विक्रम यादवले एक कार्यक्रमको बिच भवनको शिलान्यास गरेको हो ।
संघिय सरकारको एक स्थानिय निकाय एक आधारभूत अस्पतालको अवधारणा अन्तर्गत अर्थ मन्त्रालयबाट प्राप्त १९ करोड ८ लाखको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।
शिलान्यास कार्यक्रमा बोल्दै पालिका अध्यक्ष विक्रम यादवले स्थानिय सरकार निर्माण भएको समयमा पालिकाको स्वास्थ अवस्था एकदमै नाजुक रहेको बताउनु्भयो ।
नेपाल सरकारबाट संचालनमा रहेका स्वास्थ संस्थाहरुमा भौतिक पूर्वाधार, जनशक्ति, स्वास्थ उपकरण, औषधी लगायत सामग्रीको चरम अभाव तथा पुरानो भवनको मर्मत सम्भारको आवश्यकता रहेको थियो ।
हामी निर्वाचित भईसकेपछि आम नागरिकलाई स्वास्थ सेवामा पहुँच बढाउन स्थानिय स्रोत साधनको प्रयोग गरेर सहि समयमा सहि निर्णय लिदै स्वास्थ संस्थालाई परिमार्जित गर्दै औषधी अभाव हुन नदिन स्थानिय बजेटको प्रयोग गरेर सर्वसाधारणलाई स्थानिय सरकारले स्वास्थ सेवा प्रवाह गर्दै आएकोे बताए ।
गुणस्तरिय शिक्षा प्रदानका लागि विद्यालयको भवन, पर्खाल निर्माण, फर्निचर, कम्यूटर र विज्ञान प्रयोगशाला तथा शिक्षकको व्यवस्थापन समेत गरे ।
यो पालि जनताले साथ दियो भने ५ बर्षमा प्राप्त गरेको अनुभवको सदुपयोग गर्दै विकास हरेक क्षेत्रमा उल्लेखनिय कार्य गरी चक्रघटा गाउँपालिकालाई नुमुना र स्मार्ट गाउँपालिका बनाउने प्रतिबद्वता गरे ।
चक्रघटा गाउँपालिकामा ५ वटा अधारभूत स्वास्थ चौकी र ४ वटा स्वास्थ चौकी संचालनमा रहेका छन । ९ वटा वडा रहेको पालिकामा वार्ड नं. ८ औहरी, वार्ड नं. ४ सुन्दरपुर र वार्ड नं. ९ खोरियामा बर्थिंग सेन्टर संचालनमा रहेका छन, भने वार्ड नं. २ भेल्ही मा भवन निर्माण गरी उदघाटनको पर्खाईमा रहेको पालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत लालबाबु प्रसाद साहले जानकारी दिनुभयो ।
पालिकामा अस्पतालको भवन निर्माणका लागि जगदिश प्रसाद यादवले ५ कठ्ठा र प्रदिप राय यादवले ५ कठ्ठा जग्गा दान गरेका थिए । भने
प्रेरा एक्सिस एसियन जे।भी जनकपुरले भवन निर्माणका लागि ठेक्का पाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…