जनकपुरः श्रीमानलाई २२ बर्ष र श्रीमतिलाई १७ बर्ष जेलका प्रतिवादी पासवानद्धय पक्राउ
मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको मिति २०७७।१०।२२ गतेको फैसलाले प्रतिबादि रामजि पासमानलाई २२ बर्षको कैद सहित २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको हो ।

२०७८ चैत १ मंगलबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला अदालत धनुषाले जनकपुरको एक परिवारको दुई सदस्यलाई कैदको साथै जरिवानाको सजाय सुनाएको प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।
मानव बेचबिखन, ओसारपोसार तथा अपहरण मुद्दामा धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १३ बस्ने जोगिन्द्र पासमानको छोरा बर्ष ४२ को रामजी पासमानलाई २२ बर्ष कैदको सजाय सुनाएपछि भागेको दुवै जनालाई पक्राउ गरिएको हो ।
सोही मुद्दामा प्रतिवादी रहेकी उनकी श्रीमति अन्दाजी बर्ष ३२ की बिभा पासमानलाई जिल्ला अदालत धनुषाले १७ बर्षको जेल सजाय सुनाएको थियो ।
मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको मिति २०७७।१०।२२ गतेको फैसलाले प्रतिबादि रामजि पासमानलाई २२ बर्षको कैद सहित २ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको हो ।
यसका साथै, उनकी श्रीमतिलाई भने १७ बर्ष जेलको साथै १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेपछि दुवै जना फरार भएको थियो । झण्डै १ बर्षपछि दुवै जनालाई पक्राउ गरी अदालतमा बुझाएको हो ।
उनीहरुलाई उनकै गाउँबाट पक्राउ गरी धनुषा जिल्ला अदालतको आदेशानुसार सुनसरीको झुम्का जेलमा पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…