पुनः भारत पुग्यो परिक्रमाको धार्मिक लस्कर, जनकपुरधाममा अन्तरगृह परिक्रमा कहिले ?
धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् ।

२०७८ चैत १ मंगलबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा मंगलबार करुणा विश्राम गर्ने भएको छ । छिमेकी मुलुक भारतको बिहार राज्यको नेपाल भारत सीमासँगै रहेको करुणामा विश्राम गर्ने भएको छ ।
सोमबार धनुषाको औरहीमा विश्राम गरेको परिक्रमाको धार्मिक लस्कार मँगलबार बिहानैदेखि करुणाको लागि प्रस्थान गरेको हो । आजराती करुणामै विश्राम गर्दै विशौल पुग्ने भएको छ ।
भोली विशौलको लागि प्रस्थान गर्ने धार्मिक यात्रीहरुले पर्सी विहिबार कल्याणेश्वर हुँदै अन्तरगृह परिक्रमाको लागि जनकपुरधाम विश्राम गर्ने भएको छ ।
धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीमा रहेको मिथिलाविहारी मन्दिर तथा जनकपुरधाममा रहेको सुन्दर सदनबाट मिथिला विहारी तथा किशोरीजीको डोलाको नेतृत्वमा प्रारम्भ हुने १५ दिवसीय यात्रा जनकपुरधामको वरिपरिका विभिन्न धार्मिक स्थलहरुमा विश्राम गर्ने गरेका छन् ।
भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै मँगलबार करुणा पुग्ने भएको हो ।
त्यस पछि पुनः भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम फर्केर अन्तर गृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ ।
मिथिला मध्यमा परिक्रमामा नेपाल र भारतका सयौं यात्रीहरु घरबाटै भोजन र आवासको व्यवस्था सहित सहभागी हुने गरेका छन् । यात्रामा सहभागी हुँदा मोक्षको प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…