इन्जिनीयरहरुको चुनावमा पनि धाँधली
त्यस्तै, वीरगञ्जस्थित बुथमा ३ सय २० जनाले मतदान गरेका थिए । वीरगञ्ज च्याप्टरमा कुल ५ सय ७० मतदाता रहेका छन्

२०७८ चैत १ मंगलबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल इन्जिनियर्स एशोसिएसनको मतगणनामा धाँधली भएको आरोप लगाइएको छ ।
जनकपुरधाममा जारी रहेको इन्जिनीयरहरुको चुनावी प्रक्रिया अन्तर्गत मतगणनाको क्रममा केही पोलिटिकल आवद्ध इन्जिनीयरहरुले धाँधली गरेको आरोप लगाइएको छ ।
ननपोलिटिकल समूहका सभापतिका उम्मेदवार गौरी पण्डितले इन्जिनीयरहरुको चुनावमा धाँधली भएको आरोप लगाएका हुन् ।
३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना यहाँको अधिकृत संगमको सभाकक्षमा शनिबार अबेर राति देखि जारी रहेको छ ।
अधिकृत रामरतन यादवले मतगणनामा झेली गरेको आरोप उनले लगाएका छन् ।
मतगणना एकदम सुस्त तरिकाले कछुवाको गतिमा भइरहेको र आफूहरुले लिड गरिरहेकोले मतदान मतगणनाको क्रममा ढिला गरी प्रतिनिधि छनोट गर्दा पनि निर्वाचन समितिले शनिबारदेखि मतगणना गरेको भन्दै पण्डितले निर्वाचन समितिले मनोमानी ढंगले सुस्त गतिमा मतगणना गरिरहेको उनको आरोप छ ।
बाकसबाट निकालिसकेको मत गन्ती गरेर मात्र अन्य प्रक्रिया अगाडि बढाउन उनले माग गरेका छन् । उनले बाहिर राखिएका मत परिवर्तन पनि हुनसक्ने आफूहरुको आशंका रहेको बताए ।
शुक्रबार राति ११ बजेदेखि मतगणना सुरु भइ ६ सय मत गन्दा आफ्नो समूह अधिकांश पदमा एकसय मतले अग्रस्थानमा रहेकाले ढिलासुस्ती ढंगले मतगणना गर्ने गरेको, प्रतिनिधिलाई जतिबेला पनि बाहिर निकाल्ने गरेको लगायतका आरोप लगाउँदै उनले भने,‘मतपेटिका खोलिसकेपछि मतगणनालाई तीव्रता नदिएको तथा प्रतिनिधिलाई जुनसुकैबेला बाहिर निकालिदिने गरेकाले मतगणनामा धाँधली भईरहेको नांगोझार भएको छ ।’
मधेस प्रदेश समितिमा कूल २ हजार १ सय ९९ मतदाता शुक्रबारको मतदानमा १ हजार ८ जना सदस्यले मतदान गरेका थिए ।
त्यस्तै, वीरगञ्जस्थित बुथमा ३ सय २० जनाले मतदान गरेका थिए । वीरगञ्ज च्याप्टरमा कुल ५ सय ७० मतदाता रहेका छन्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…