होलीमा DJ बजाउने र पक्का रँग लगाउनेलाई कारवाही हुने
तराई मधेशमा आउँदो चैत्त ४ गते होली पर्व मनाउने भएको छ भने पहाडी जिल्लाहरुमा ३ गते नै होली पर्व मनाउने कलेण्डर रहेको छ ।

२०७८ फागुन ३० सोमबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । होली पर्वमा चर्को साउण्डमा डिजे बजाउनेलाई सिरहा प्रशासनले कारवाही गर्ने भनेर सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार एक सूचना जारी गर्दै होली पर्वमा चर्को साउण्डमा डिजे बजाएर उच्छृँगल गतिविधि गर्नेहरुलाई कानुनी कारवाहीको चेतावनी दिएको छ ।
होलीमा पक्का रँग अर्थात नमेटिने रँग लगाउने, लोला हान्ने, जिस्काउने, नशालु पदार्थहरु खाने खुवाउने, मापसे गरी सवारी साधन चलाउनेलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्धारा हस्ताक्षरित सूचनामा जथाभावी रँग लगाउनेलाई पनि कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।

होली भन्दै गोबर लगाउने, माटो लगाउने, अरुलाई जिस्काउने, सार्वजनिक स्थलमा हो हल्ला गर्ने, कसैको नीजि जीवनमा कुनै प्रकारको नाकारात्मक असर पार्ने गरी उच्छृँगल गतिविधि गरेको पाइएमा कानुनी कारवाही गर्ने जनाएको छ ।
तराई मधेशमा आउँदो चैत्त ४ गते होली पर्व मनाउने भएको छ भने पहाडी जिल्लाहरुमा ३ गते नै होली पर्व मनाउने कलेण्डर रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…