नेपाली काँग्रेस धनुषाको दोस्रो चरणको चुनावको मिति सारियो
जनकपुरधामको तिरहुतियागाछीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति धनुषाको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान हुने भएको छ ।

२०७८ फागुन २६ बिहीबार, दिउँसो ३:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस धनुषाको मतदानको मिति सारिएको छ । विहिबार नै हुने भनिएको दोस्रो चरणको चुनाव शुक्रबार हुने भएको छ ।
नेपाली काँग्रेस धनुषामा सभापतिको लागि उम्मेदवारी दिएका योगेन्द्र पजीयार, सँतोष यादव र दिनेश प्रसैला मध्ये दिनेश प्रसैला सबभन्दा कम मत ल्याएर आउट भएपछि उनले बुधबार साँझ पत्रकार सम्मेलन गरी योगेन्द्र पजीयारलाई नै समर्थन जनाएको हो ।
सोही क्रममा विहिबार बिहान ८ बजेदेखि हुने भनिएको दोस्रो चरणको चुनाव सभापतिको उम्मेदवारहरुबीच सहमतिको आधारमा अब शुक्रबार बिहान ८ बजेदेखि चुनाव हुने जनाईएको छ ।

नेपाली काँग्रेसका निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार, विहिबार नै हुने भनिएको दोस्रो चरणको चुनाव अब शुक्रबार बिहान ८ बजेदेखि पुनः सुरु हुने भएको छ ।
जनकपुरधामको तिरहुतियागाछीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति धनुषाको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…