जनकपुरमा ११२ औँ नारि दिवस भव्यताका साथ मनाइयो
सो क्रममा जनकपुरका चिरपरिचित कलकारहरुले महिला हिँसा विरुद्धको नाटकहरु प्रदर्शन गरी कार्यक्रम मनाएको हो । गैर सरकारी, समुदायिक सँस्थाहरुले एकजुट भएर सँयुक्त रुपमा नारी दिवस मनाएको हो ।

२०७८ फागुन २४ मंगलबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित ११२ औँ अन्तराष्ट्रिय नारी दिवस विभिन्न संघसँस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते धनुषामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा रयाली सहित अन्य विभिन्न कार्यक्रमहरु गरी नारी दिवस मनाएको हो ।
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ प्रोफिलिया नामक सँस्था, माईती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मधेश प्रदेश सरकारको महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरधाम, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक नेपाल, नेपाल प्रहरी, लगाएतका सङ्घसंस्थाहरूले संयुक्त रूपमा नारी दिवस मनाएको हो ।

८ मार्चको दिन मनाइने अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा मँगलबार बिहान जानकी मंदिरबाट ¥यालीको आयोजना गरि जनकपुरको रेल्वे स्टेशनमा पुगेर कोणसभा गरेका हुन् ।
जानकी मंदिरमा बाल हिंसा न्युनिकरणसम्बन्धी जनचेतनामुलक सडक नाटक र रेल्वे स्टेशनमा समेत महिला हिंसासम्बन्धी जनचेतना मुलक नाटक प्रस्तुतीकरण गरिएको थियो ।
सो क्रममा जनकपुरका चिरपरिचित कलकारहरुले महिला हिँसा विरुद्धको नाटकहरु प्रदर्शन गरी कार्यक्रम मनाएको हो । गैर सरकारी, समुदायिक सँस्थाहरुले एकजुट भएर सँयुक्त रुपमा नारी दिवस मनाएको हो ।
सो कार्यक्रममा महिला अधिकारकर्मी, समाजसेवी, पत्रकार, मानवअधिकारकर्मी, विद्यार्थी, महिलाहरुको मोटो सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…