राजविराजमा भोली सार्वजनिक विदाको घोषणा
तत्कालिन ती पार्टीका नेताहरु कैयौँ पटक सत्तामा बसेपनि शहिदहरुले अझै न्याय पाउन सकेको छैनन् ।

२०७८ फागुन २२ आइतबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लास्थित राजविराज नगरपालिकाले भोली सोमबार सार्वजनिक विदा दिने घोषणा गरिएको छ ।
५ वर्षअघि आजैका दिन तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले)को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग मलेठमा झडप भएको थियो।
सो झडपलाई तितरवितर पार्न सुरक्षाकर्मीले गोली चलाउँदा ५ जना मृत्यु भएको थियो। सो क्रममा पाँच जनाले राजविराजबाटै सहादत दिएको भन्दै सार्वजनिक विदा दिएको हो ।
सो घटनामा सहिद भएकाहरुको स्मृति एवम् सम्मानमा राजविराज नगरपालिकाले भोली सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा आईतबार बसेको नगर कार्यसमितिको बैठकले सहिदको सम्मानमा बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाले विज्ञप्ति जारी गरी सहिदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ।
गत वि.सं. २०७३ फागुन २३ गते तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा पाँच जनाको ज्यान गएको थियो ।
तत्कालिन ती पार्टीका नेताहरु कैयौँ पटक सत्तामा बसेपनि शहिदहरुले अझै न्याय पाउन सकेको छैनन् ।
नगरपालिकाले प्रत्येक वर्ष फागुन २३ गतेको दिन स्थानीय विदा अन्तर्गत सार्वजनिक विदा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…