नेपाली काँग्रेस १४ औँ अधिवेशनमा 'साधु गोईत' जिल्ला सचिवमा बलियो उम्मेदवार
नेपाली काँग्रेसमा नयाँ अनुहारको खोजी भइरहेको बेला साधु गोईतको उम्मेदवारी बलियो मानिएको छ । युवा पुस्तामा धनुषामा चर्चा रहँदै आएका गोईतले काँग्रेसको कार्यसमितिमै परिवर्तनको लागि आफूलाई मतदान गर्न आग्रह पनि गरेका छन् ।

२०७८ फागुन २२ आइतबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ अधिवेशनको क्रममा धनुषामा भोली निर्वाचन प्रक्रियाबाट चुनाव हुने भएको छ ।
धनुषा जिल्ला कार्यसमितिको लागि भोली सोमबार नेपाली काँग्रेसको नेतृत्वको लागि चुनाव हुने भएको छ । जसमा जिल्ला सचिवको लागि धनुषामा चर्चित युवा शिवशँकर गोईत (साधु) बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।
सोमबार विहान ८ बजेदेखि सुरु हुने मतदान प्रक्रियाको लागि अहिले धनुषामा विभिन्न पदका उम्मेदवारहरुले कडा कसरतमा लागेका छन् । धनुषामा काँग्रेसको त्रिपक्षिय भिडन्त हुने भएपछि सभापतिका उम्मेदवार सँतोष यादवको गुट उत्तिकै बलियो देखिन्छन् ।
सँतोष यादव गुटकै जिल्ला सचिव पदका उम्मेदवार साधु गोईत पनि बलियो उम्मेदवारको रुपमा देखिएका छन् । लामो समयदेखि नेपाली काँग्रेसको विद्यार्थी सँगठन नेविसँघबाट सँघर्ष सुरु गरेका गोईत बर्षौपछि मूलधारको राजधानीतिमा उत्रेका हुन् ।
नेपाली काँग्रेसमा नयाँ अनुहारको खोजी भइरहेको बेला साधु गोईतको उम्मेदवारी बलियो मानिएको छ । युवा पुस्तामा धनुषामा चर्चा रहँदै आएका गोईतले काँग्रेसको कार्यसमितिमै परिवर्तनको लागि आफूलाई मतदान गर्न आग्रह पनि गरेका छन् ।
सोमबार विहान ८ बजेदेखि जनकपुरको तिरहुतिया गाछीमा मतदान प्रक्रिया हुने जनाइएको छ । सभापतिको लागि सँतोष यादव, दिनेश प्रसैला र योगेन्द्र पँजीयारले उम्मेदवारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…