डा. यादव पनि डा. सिके राउतको जनमतमा प्रवेश
आफनो युवालाई स्वदेशमै रोजगारी दिन सकिने योजना रहेको समेत जिकिर गरेका थिए ।

२०७८ फागुन १९ बिहीबार, राति ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेशमा दिनानुदिन डा. सिके राउत र जनमत पार्टीप्रतिको क्रेज बढदै गएको बेला एक प्राध्यापक पनि जनमत पार्टी रोजेका छन् ।
जे.एन.यू बाट पि.एच.डी गरी विभिन्न मेडीकल कलेजमा पढाउदै र विभिन्न अस्पतालमा काम गर्दै आएका डा. प्रो. दिनेश प्रसाद यादव जनमत पार्टी मा प्रवेश गरेको छ ।
विगत १० बर्ष देखी डा सीके राउतको विचार प्रति प्रभावित रहेका डा यादव समाज परिवर्तन र सामुदायिक स्वराजको योजना समाजमा कार्यान्वयन गराउन स्वरूप आउदै गरेको चुनावमा खुला राजनिति जनमत पार्टी बाट गर्ने निर्णय गरेको छ ।
डा. यादव विभिन्न देश इथोपिया, जोनसवर्ग , केनिया , साउथ सुडान , कतार आदि विभिन्न देशमा मेडिकल क्षेत्रमा काम गर्दै आउनु भएको थियो ।
विश्व स्वास्थ्य सँगठनमार्फत विभिन्न स्वास्थ्य मिशन मा काम गरि विभिन्न देश र समाजको अनुभव बटुलेका डा. यादव राजनितिले समाजको समृद्धि र रोजगार श्रजना गर्न सकिने निर्णय गर्दै स्वच्छ राजनीति को लागी देशमा कुनै पार्टी नरहेको बेला जनमत पार्टीले स्वच्छ राजनीति गर्नको लागी बौद्धिक वर्गको लागी प्लेटफार्म तैयार गरी दिएको समेत मन्तव्यमा राखेका थिए ।
आफूसंग स्वच्छ राजनीतिको माध्यमले समाजमा रोजगार श्रृजना गरी आफनो युवालाई स्वदेशमै रोजगारी दिन सकिने योजना रहेको समेत जिकिर गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…