आज सार्वजनिक विदाको घोषणा
नेपालमा तोला, तमु, सोनाम र ग्याल्बो गरी चारवटा ल्होछार मनाउने चलन छ । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बुधबार बाघ वर्ष शुरु भएको छ ।

२०७८ फागुन १९ बिहीबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आज (विहिबार) एक दिने सार्वजनिक विदाको घोषणा गरेको छ ।
आज सांस्कृतिक पर्व ग्याल्बो ल्होछार, शेर्पालगायत अन्य हिमाली तथा उच्च भू–भागमा बसोबास गर्ने बौद्धमार्गी समुदायले नयाँ वर्षको रुपमा मनाउँदैछन् । सरकारले आज ‘ग्याल्पो ल्होसार’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
ग्याल्बो ल्होछार मान्ने समुदायले आज गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ ।
नेपालमा तोला, तमु, सोनाम र ग्याल्बो गरी चारवटा ल्होछार मनाउने चलन छ । भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बुधबार बाघ वर्ष शुरु भएको छ ।
१२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले शेर्पा समुदाय प्रकृतिपूजक रहेको पुष्टि हुने संस्कृतिविदहरुको भनाइ छ ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै नेपाल अधिराज्यभरि एक दिनको लागि सबै सरकारी कार्यालयहरु विदा हुने उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…