आज पुनः प्रतिनीधिसभाको बैठक बस्दै, यी विषयहरु प्रस्तुत हुने
यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

२०७८ फागुन १८ बुधबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…