जनकपुरमा नयाँ क्लिनिकको उदघाटन, थायोराईड, डायबिटिज, दाँतमुख, हाड–जोर्नी र प्रसूति रोगको उपचार एकै ठाउँमा
सूर्य तारा डायबिटिज थाइराइड एण्ड इण्डोक्राइन सेन्टर प्रा.लि. नामक स्वास्थ्य क्लिनिकमा हार्मोन रोग, स्त्री तथा प्रसुति रोग, जेनरल सर्जरी लगायतका उपचारहरु एकै ठाउँमा दक्ष चिकित्कहरुलाई गरिने भएको छ ।

२०७८ फागुन १५ आइतबार, बिहान ८:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक नयाँ क्लिनिकको उदघाटन गरिएको छ ।
थायोराईड, प्रसुति रोग, डायबिटिज, दाँत मुख, हाड जोर्नी सम्बन्धी रोगहरुको एकै ठाउँमा उपचार हुने गरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ अगरगज्जा पोखरीको पश्चिम डीलमा क्लिनिक सँचालनमा आएको हो ।
सूर्य तारा डायबिटिज थाइराइड एण्ड इण्डोक्राइन सेन्टर प्रा.लि. नामक स्वास्थ्य क्लिनिकमा हार्मोन रोग, स्त्री तथा प्रसुति रोग, जेनरल सर्जरी लगायतका उपचारहरु एकै ठाउँमा दक्ष चिकित्कहरुलाई गरिने भएको छ ।
क्लिनिकमा ईण्डोक्राइनोलोजिष्ट डा. सतिश कुमार गोईत, जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. रबिन प्रताप साह, अर्थोपेडिक डा. रामकिशोर गोईत र गाइनोलोजिष्ट डा. सारिका गोईतले सेवा दिने भएको छ ।
क्लिनमा उत्तम ल्याब प्रविधिको साथै अन्य स्वास्थ्य सेवाहरु समेत एकै ठाउँमा पाउन सकिने भएको छ । कुशल डाक्टरको टीमले सो क्लिनिकमा प्रत्येक दिन सेवा प्रवाह गर्ने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…