अब वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पिसीआर परीक्षण
यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

२०७८ फागुन १४ शनिबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।
सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ ।
यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पिसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पिसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।
यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…