सांसद यादवको पहलमा मिर्चैया–कल्याणपुर–सिरहा सडक कालोपत्रे हुँदै
सांसद यादवले चुनाव ताका आफ्नै कार्यकालमा यो सडक बन्ने बाचा गरेका थिए । यससँगै अन्य विकास निर्माणका कामहरू पनि अब क्रमशः अघि बढ्ने क्रममा रहेको नेता यादवका स्वकीय सचीव चिरञ्जीवी यादवले जनाए ।

२०७८ फागुन १३ शुक्रबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवको विशेष पहलमा बहुप्रतिक्षित मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्ड पीच बन्ने भएको छ ।
सो क्षेत्रको लाइफलाइन मानिने सडक लामो समयदेखि नबन्दा यस भेगका बासिन्दा सास्ती खेप्दै आएका थिए ।
जसपाका शीर्ष नेता, पूर्वमन्त्री तथा सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसदसमेत रहेका राजकिशोर यादवको पहलमा सडक बन्न लागेको हो । यसका लागि सडक डिभिजन कार्यालय लहान सिरहाले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
कानुनी प्रक्रिया सकेलगत्तै यो महिनाभित्रै सडकमा कालोपत्रेको काम सुरु हुने सडक डिभिजन कार्यालय लहानले जनाएको छ । २० किलोमिटरको यो सडक बन्ने भएपछि यस क्षेत्रका जनता हर्षित भएका छन् ।
सांसद यादवले चुनाव ताका आफ्नै कार्यकालमा यो सडक बन्ने बाचा गरेका थिए । यससँगै अन्य विकास निर्माणका कामहरू पनि अब क्रमशः अघि बढ्ने क्रममा रहेको नेता यादवका स्वकीय सचीव चिरञ्जीवी यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…