लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ C को Second Vice Gorverner मा अधिकारी ९९.९ प्रतिशत मतले विजयी
लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ सीलाई नयाँ उचाईमा लैजानको लागि तथा कार्यकालको सफलताको कामना उनका समकक्षी एवम् शुभचिन्तकहरुले दिएका छन् ।

२०७८ फागुन १२ बिहीबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ सीको सेकेण्ड भाईस गभर्नरमा विकास अधिकारी विजयी भएका छन् ।
मोरङ क्लबका सँस्थापक अध्यक्ष समेत रहेका अधिकारीले ९९.९ प्रतिशत मत ल्याएर सेकेण्ड भाईस गर्भनर पदमा विजयी भएको हो ।
लायन्स क्लब अफ विराटनगर मोरङका संस्थापक अध्यक्षको रुपमा रहेका अधिकारीलाई लायन्स क्लबका पदाधिकारीहरुले विश्वास जनाएपछि उनी ९९.९ प्रतिशत मत ल्याएर विजयी भएको हो ।
लायन्स क्लबको लागि सेकेण्ड भाईस गर्भनरको पदमा विजयी भएपछि उनलाई विभिन्न माध्यमबाट बधाई ज्ञापन गरिएको हो । पत्रपत्रिका, एसएमएस, फेसबुक मार्फत बधाई ज्ञापन गरिएको हो ।
लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रीक ३२५ सीलाई नयाँ उचाईमा लैजानको लागि तथा कार्यकालको सफलताको कामना उनका समकक्षी एवम् शुभचिन्तकहरुले दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…