शीर्ष नेताबीच एमसिसी, संसद् अवरोध र राष्ट्रिय सन्दर्भबारे छलफल
एमाले–माओवादी नेतृत्वबीच बहुकोणबाट छलफल भएको जिकिर गर्दै उहाँले अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था नआएको सञ्चारकर्मीलाई बताउनुभयो । “दुई अध्यक्षको भेटवार्तामा सहकार्य गर्ने विषयसम्म पुगिएको छैन”, उहाँले भन्नुभयो, “आज बस्ने काम ९छलफल० भयो, संसद्का गतिरोधका विषयमा कुराकानी भए, विगतका समीक्षा कुराकानी भए, पहिलोपटक यो तहमा यति गम्भीरतापूर्वक छलफल सुरु भएको छ ।”

२०७८ फागुन १२ बिहीबार, राति ८:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्ने विषयलाई लिएर राजनीतिक दलहरुबीचको छलफल तीव्र भएको छ ।
सम्झौतालाई निष्कर्षमा पु¥याउने उद्देश्यले सत्तारूढ दल नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का शीर्ष नेताबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ । सरकारले लामो रस्साकस्सीपछि यही फागुन ८ गते सम्झौता प्रतिनिधिसभामा टेबुल गरेको छ ।
सम्झौता अनुमोदनलाई लिएर सत्ता गठबन्धन, प्रतिपक्षी र जनता विभाजित छन् । सरकारले सम्झौतालाई अनुमोदन गर्ने तयारीका साथ प्रतिनिधिसभामा टेबुल गरेपछि सो सम्झौताको विरोधमा रहेको पक्ष सडक सङ्घर्षमा छन् ।
आजदेखि प्रतिनिधिसभा सम्झौतामाथि छलफल हुने तयारी गरिएको भए पनि अन्तिम समयमा संसद् बैठक स्थगित भयो । प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजेका लागि बोलाइएको छ । सम्झौतामाथि छलफल सुरु हुने बैठकको सम्भावित कार्यसूचीमा समावेश छ ।
आज संसद् भवन नयाँ बानेश्वरमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वाता भएको छ । सो भेटलगत्तै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालसँग अध्यक्ष ओलीको छुट्टाछुट्टै ‘वान टु वान’ छलफल भएको थियो । शीर्ष नेताबीच ‘वान टु वान’ भेटपछि एमाले–कांग्रेस र एमाले–माओवादीका अन्य नेता सहभागी भएर छुट्टाछुट्टै छलफल भएको भेटमा सहभागी एमालेका नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
“उहाँहरु ९देउवा र दाहाल०सँग गम्भीर र लामो कुराकानी भयो”, नेम्वाङले भन्नुभयो, “एमसिसी, राष्ट्रिय सन्दर्भ र संसद्को गतिरोधका सबन्धमा व्यापक छलफल भयो ।” माओवादी नेतृत्वसँग सकारात्मकरूपमा छलफल भएको उहाँले जानकारी दिनुभयो । एमाले र माओवादीबीच द्विपक्षीय छलफललाई निरन्तर अगाडि बढाउने सहमति भएको उहाँले बताउनुभयो ।
एमसिसी, संसद्को अवरोध र राष्ट्रिय सन्दर्भमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको उल्लेख गर्दै नेता नेम्वाङले प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि भेट गर्ने सहमति भएको जानकारी दिनुभयो ।
एमाले–माओवादी नेतृत्वबीच बहुकोणबाट छलफल भएको जिकिर गर्दै उहाँले अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था नआएको सञ्चारकर्मीलाई बताउनुभयो । “दुई अध्यक्षको भेटवार्तामा सहकार्य गर्ने विषयसम्म पुगिएको छैन”, उहाँले भन्नुभयो, “आज बस्ने काम ९छलफल० भयो, संसद्का गतिरोधका विषयमा कुराकानी भए, विगतका समीक्षा कुराकानी भए, पहिलोपटक यो तहमा यति गम्भीरतापूर्वक छलफल सुरु भएको छ ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…