एमसीसीबारे निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई
नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।

२०७८ फागुन ११ बुधबार, राति ८:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी) का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले (एमसीसी) सम्झौता सदनमा प्रवेश पाएपछि मुलुकमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल गरेको हो ।
बैठकले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवं संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…