मधेशको राजधानी जनकपुरधाममा तेस्रो जनकपुर साहित्य महोत्सव हुँदै
जनकपुर कला, साहित्य र संस्कृतिमा ऐतिहासिक रूपमा धनी शहर हो। यो शहर ‘नबिल जनकपुर साहित्य महोत्सव’ को तेस्रो संस्करणको तयारीमा लागेकाले जनकपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित यस पहलमा आबद्ध हुन पाउँदा हामी गर्व गर्छौं।”– आयोजक समितिका अमित कुमार साहले भने ।

२०७८ फागुन १० मंगलबार, बिहान ११:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित तेस्रो जनकपुर साहित्य महोत्सवको तयारी तीव्र पारिएको छ ।
यसपाली “नबिल जनकपुर साहित्य महोत्सव” को तेस्रो सँस्करणको लागि तयारी तीब्र पारिएको हो । आगामी फागुन १९ गतेदेखि सुरु हुने महोत्सव दिनदिनसम्म चल्ने आयोजकले जनाएको छ ।
“जनकपुर कला, साहित्य र संस्कृतिमा ऐतिहासिक रूपमा धनी शहर हो। यो शहर ‘नबिल जनकपुर साहित्य महोत्सव’ को तेस्रो संस्करणको तयारीमा लागेकाले जनकपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित यस पहलमा आबद्ध हुन पाउँदा हामी गर्व गर्छौं।”– आयोजक समितिका अमित कुमार साहले भने ।

फागुन १९, २० र २१ गते गरी तिनदिनसम्म चल्ने जनकपुर साहित्य महोत्सवमा खुला–एयर प्यानल छलफल, पुस्तक प्रक्षेपण, थिएटर प्रदर्शन, कविता स्ल्याम र रमाइलो गतिविधिहरूको समागम हुने बताइएको छ ।
जनकपुरधामको जानकी मन्दिर प्राँगनमा आयोजना हुने महोत्सवको लागि नव मिथिला फाउण्डेशनको आयोजना तथा शिर्षक प्रायोजक नविल बैँक रहेको छ ।
महोत्सवमा विभिन्न श्रष्टा, विद्धानसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुले विभिन्न शिर्षकमा चर्चा परिचर्चाको साथै मनोरञ्जनात्मक कार्यक्रम समेत रहने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…