साईट नेपालद्वारा हँसपुर नगरपालिकामा ३ सेट कम्प्युटर सहयोग
अधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रसका नेता मनोज सिंह, माओवादी केन्द्रका नेता अशोक कुमार मिश्र, विजय यादव, जसपा नेपालका नेता निर्गुण सहनी, संजय सिंह सहित पालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।

२०७८ फागुन ८ आइतबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साईट नेपाल नामक समाजिक सँस्थाले धनुषाको हंसपुर नगरपालिकालाई तीन वटा कम्प्यूटर सहयोग गरेको छ ।
सहयोग स्वरूप आईतवार हंसपुर नगरपालिका लाई तीन सेट कम्प्यूटर प्रदान गरेको छ ।
साईट नेपालका अध्यक्ष अमित साहले कृषि सम्बन्धी डाटा राख्नका लागि कम्प्युटरको आवश्यक्ता भएको आफुले महसुस गरे पछि तीन थान कम्प्यूटर सहयोग स्वरूप प्रदान गरेको बताए।
अधिकृतको चेम्बरमै पुगेर कम्प्युटर हस्तान्तरण गर्दै आफ्नो गाउँ ठाऊँको विकासका लागि आफु सदैव तत्पर रहेको बताउँदै अध्यक्ष साहले यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव अधिकारीको कार्य क्षमता एवंम स्वच्छ कार्यशैलीको प्रशंसा गरेका थिए ।
उक्त अबसरमा जसपा नेपालका हंसपुर नगर अध्यक्ष रामनारायण कापडि, जिल्ला सदस्य श्याम राउत लगायतका वक्ताहरुले अध्यक्ष साह एवंम अधिकृत अधिकारीको प्रशंसा गरेका थिए।
अधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रसका नेता मनोज सिंह, माओवादी केन्द्रका नेता अशोक कुमार मिश्र, विजय यादव, जसपा नेपालका नेता निर्गुण सहनी, संजय सिंह सहित पालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।
सो अबसरमा अधिकृत अधिकारीले अध्यक्ष साहलाई गमछा ओढाएर सम्मान्न गरेका थिए भने जसपा नेता सहनीले गमछा ओढाएर अधिकृत अधिकारीलाई सम्मान गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…