जनकपुर विमानस्थलको टर्मिनल किन बनेन ? - रिपोर्ट
सुमित मिश्र || जनकपुरधाम, १३ चैत्त । करिब पाँच दशक अघि भारतको सहयोगमा निर्माण भएको जनकपुर विमानस्थलको समयअनुसार विस्तार हुन सक्दा सानो भइसकेको छ । आधुनिक उपकरण र रनबेको क्षेत्र कम भएका कारण ठूलठूला विमान आउन सकिरहेका छैनन् । हुन त पछिल्लो समय सुस्त गतिमा जनकपुर विमास्थलको विस्तारको काम पनि भइरहेको छ

२०७४ चैत १३ मंगलबार, दिउँसो ३:३९ बजे२ मिनेट पढाइ

सुमित मिश्र ||
जनकपुरधाम, १३ चैत्त ।
करिब पाँच दशक अघि भारतको सहयोगमा निर्माण भएको जनकपुर विमानस्थलको समयअनुसार विस्तार हुन सक्दा सानो भइसकेको छ ।
आधुनिक उपकरण र रनबेको क्षेत्र कम भएका कारण ठूलठूला विमान आउन सकिरहेका छैनन् । हुन त पछिल्लो समय सुस्त गतिमा जनकपुर विमास्थलको विस्तारको काम पनि भइरहेको छ । तर, क्षेत्रीय विमानस्थल बनाउनेतर्फ सरकारको ध्यान पुगेको छैन ।
एक समय थियो, जनकपुरको आकाशमा चिलगाडी उड्ने गर्दथ्यो । एक हप्तामा एक दिन देखिने चिलगाडी कहिलेकाँही त दुई हप्ताामा हेरिने गर्दथ्यो ।
हवाइजहाज र प्लेन बुझ्ने जनकपुरमा कमै थिए । त्यसबेला चिलगाडीमा निम्न तथा मध्यम वर्गका व्यक्ती चढ्न पाउदैन्थे । ठूलठूला पावर र पहँुच भएका मानिसहरू मात्र चिलगाडीमा चढ्न पाउथेँ ।
भारत सरकारले जनकपुरमा विमानघाट बनाए पश्चात पहिलोपल्ट तत्कालीन राजा महेन्द्र विमानस्थलको उद्घाटन गर्न जनकपुर आएका थिए । भारतको सहयोगमा २०२३ सालमा बनेको विमानघाट अहिले पनि उस्तै छ । समयसँगै यो विमानस्थलमा यात्रुको चाप बढेको छ ।
उडान र अवतरण पनि बढेको छ । विमानघाट नाम परिवर्तन गरी विमानस्थल राखिएको छ । तर, विमानस्थलको स्वरूपमा खासै आधुनिकता आउन सकेको छैन ।
जनकपुर विमानस्थलमा यात्रुलाई अत्यावश्यक पर्ने सेवा बाहेक अन्य सेवाको अभाव रहेको छ । जनकपुर विमानस्थल अवस्थामा खस्किदै गएपनि सरकारले खासै सुधार गर्न सकेको छैन । देशकै पुरानो विमानस्थल मध्येका एक जनकपुर विमानस्थल हो ।
तर, यहाँ यात्रुलाई बस्नेसमेत सुविधा छैन, प्लेन चढनका लागि चौरमा बसेर प्रतीक्षा गर्नुपर्ने अवस्था छ । यात्रुले २१ सय देखि ४१ सय रुपैयासम्म भाडा तिर्छन् । तर, उनीहरूलाई आधारभूत सुविधा पनि दिइँदैन । हुन त पछिल्लो केही वर्षदेखि विस्तारको प्रयास पनि नभएको होइन ।
तर, काम सुस्त छ । नागरिक उड्डयन प्राधिकरणले ६ वर्ष अघि टर्मिनल भवन निर्माण गर्न १८ करोड रुपैयाँमा पप्पु कन्ट्रक्सनलाई ठेक्का दिएको थियो ।
सम्झौता अनुसार २०७१ भित्र निर्माण गरिसक्नुपर्ने थियो । तर, टर्मिनल भवनको निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।
हुन त विमानस्थल प्रमुख मुरारीप्रसाद पौडेलले आफू आएदेखि निर्माण र व्यवस्थापन मिलाउन पहल गरिरहेको दाबी गरिरहेका छन् ।
उनले चाँडै विमानस्थलमा सिसी टिभी, लाइटीङ, फाइरभेहिकलको व्यवस्था गर्ने बताएका छन् । साथै रनबे ‘अभरले’ को कार्य पनि तत्कालै सुरु गर्न पक्षमा आफूहरू रहेको पनि उनको भनाइ छ ।
हुन त विमानस्थललाई विस्तार गर्न ३ बिगाहा १८ कट्ठा जग्गा अधिग्रहणको काम पनि भइसकेको छ । तर, क्षेत्रीय विमानस्थल बनाउने योजना मौखिक रूपमा मात्र सुनिने गरेको छ ।
जनकपुर प्रदेश नम्बर २ को राजधानी हुने सम्भावना रहेकाले कम्तीमा क्षेत्रीय विमानस्थल बन्नुपर्ने भनेर विभिन्न दलले आ–आफ्नो घोषणा पत्रमासमेत राखेका छन् ।
त्यति मात्र होइन, सरकारी पदाधिकारीले पनि प्रतिबद्धता जनाउने गरेका छन् । तर, यी प्रतिबद्धतालाई अहिलेसम्म सरकारले कागजी रूपसमेत दिन सकेको छैन ।
==================================================================================

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…