शहिदनगरमा परिवार नियोजनको सेवा झन प्रभावकारी बनाउनुपर्छः मेयर बरबरिया
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा सँयोजक राम सिकिल यादवले सहजीकरण गरेका थिए भने नगरपालिकाको जिन्सी शाखा प्रमुख सुदिप कुमार भट्टराई, लेखापाल लोक बहादुर नेपाली, कम्यूटर अपरेटर एवम् समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव लगायतको सहभागीता रहेको थियो ।

२०७८ फागुन ३ मंगलबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । धनुषा शहिदनगरका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले नगरको परिवारजन नियोजन सेवा झन सुदृढिकरण गर्नुपर्ने अपेक्षा जनाएका छन् ।
उनले विभिन्न स्थानमा परिवार नियोजनकै सेवा असुरक्षित भएको व्यापक जनगुनासो आएपछि उनले शदिनगरमा परिवार नियोजनको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मँगलबार शहिदनगरको स्वास्थ्य शाखाको आयोजनामा आयोजित परिवार नियोजन सेवा सुदृढीकरण सम्बन्धी सरोकारबालाहरुलाई अभिमुखिकरण तालिममा प्रमुख आतिथ्य गर्दै बरबररियाले सो सेवालाई प्रभावकारी बनाउन सम्पूर्ण कर्मचारीको भूमिकाको स्तर उठाउनुपर्ने बताए ।
स्वास्थ्य शाखाका सँयोजक कपिलदेव अधिकारीको अध्यक्षतामा सम्पन्न तेश्रो तथा अन्तिम ब्याचको सो अभिमुखिकरण कार्यक्रममा मेयर बरबरियाले परिवार नियोजन सेवा प्रभावकारी भए सरकारको लक्ष्य परिपूर्ति गर्न सहज हुने बताए ।
उनले सुरक्षित परिवार नियोजनको सेवाले मृत्यूदर कम, बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्यको समेत ख्याल राख्नुपर्ने धारणा राखे ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा सँयोजक राम सिकिल यादवले सहजीकरण गरेका थिए भने नगरपालिकाको जिन्सी शाखा प्रमुख सुदिप कुमार भट्टराई, लेखापाल लोक बहादुर नेपाली, कम्यूटर अपरेटर एवम् समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव लगायतको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…