संरक्षण अभावमा कवाड भन्दै रेलको पुरानो इन्जिन
यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनी ४५ करोड माग गरेकोमा मात्रै २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षणको लागि संग्रहालय बनाउन नसकिने बताए ।

२०७८ फागुन ३ मंगलबार, बिहान ८:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका खजुरीस्थि रेल्वे स्टेशनमा राखिएको रेलको पुरानो इन्जिन संरक्षणको अभावमा कवाड बन्दै गएको छ ।
आईतबारदेखि झण्डै साढे ७ बर्षपछि बिना यात्रुको नयाँ रेल सँचालनमा आएको छ , तर खजुरीस्थित पुरानो कोइला रेलको ईन्जिनको संरक्षण अझै भएको छैनन् ।
न्यारोगेजबाट ब्रोडगेजमा स्तरोन्नति भए पनि रेलका पुरानो वहुमूल्य ईन्जिनहरु संरक्षणको अभावमा कवाडमा परिणत हुँदै गएको छ ।
नेपालले ती इन्जिनहरुको संरक्षणको लागि १७ वटा कर्मचारी खटाए पनि कर्मचारीहरुको लापरवाहीको कारण अर्बो मूल्य बराबरको सम्पति घाम र पानीले खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ ।
नेपाल रेल्वेको कारखानामा थन्काइएको ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ,पशुपतिनाथ, महावीर लगायतका नाम दिइएको उक्त ईन्जिनहरु संरक्षणको पर्खाईमा देखिएको छ ।
विश्वमा कतै नभएको कोईलाबाट चल्ने रेलको इन्जिन २०३९ सालमा जनकपुरमा आएका बेलायतका एक रेल कम्पनीका मालिकले यो इन्जिन माग गरेपछि त्यसको महत्व बारे नेपाली जनताले बुझेका थिए ।
त्यसपछि स्थानीय जनताकै आग्रहमा सरकारले बेलायतलाई ती इन्जिन दिन अस्वीकार गरे । तत्कालीन सरकारले आफै म्युजिम बनाउने बताउँदै ती इन्जिन दिन अस्वीकार गरेको स्थानीय वुद्धिजिवीहरुको भनाई छ । ती पुराना ईन्जिनहरुलाई संरक्षणको लागि संग्रहालयको निर्माण आवश्यक रहेको स्थानीयहरुले बताउँछन् ।
संग्रहालयमा पुराना ईन्जिनहरुको संरक्षण गर्न सकेको खण्डमा त्यसले भविष्यमा आम्दानीको माध्यम पनि बन्ने सक्ने जानकार हरुको धारणा छ ।
यता, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनी ४५ करोड माग गरेकोमा मात्रै २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुराना इन्जिनहरुको संरक्षणको लागि संग्रहालय बनाउन नसकिने बताए ।
‘म भन्दा पहिलाका महाप्रबन्धकले त्यसको बजेट माग गर्न सकेनन्, उनले भने,‘ तर आफूहरुले ४५ करोड माग्दा २१ करोड मात्रै पाए,त्यसैले तत्काल त्यसको काम हुन सकेको छैन ।
तर मन्त्रालयले पुराना ईन्जिनहरुको संरक्षणको लागि संग्रहालय निर्माण गर्न थप बजेट विनियोजन गरिने आश्वासन दिएको छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…