जनकपुर जेसिजका अध्यक्ष साहले मनोमानी गरेपछि विवाद
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिजका जेसिज बर्ष २०२२ का अध्यक्ष राजकुमार साहले सँस्थामा एकलौटी गरेको भन्दै विवाद चुलिएको छ । जेसिज बर्ष २०२२ को लागि अध्यक्ष राजकुमार साहले अन्य सदस्य तथा पदाधिकारीहरुलाई बायपास गरी एकलौटी ढँगले लोम ट्रेनिँग गराएको भन्दै पदाधिकारीहरुले असन्तुष्टि जनाउँदै तालिम बष्

२०७८ फागुन २ सोमबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिजका जेसिज बर्ष २०२२ का अध्यक्ष राजकुमार साहले सँस्थामा एकलौटी गरेको भन्दै विवाद चुलिएको छ ।
जेसिज बर्ष २०२२ को लागि अध्यक्ष राजकुमार साहले अन्य सदस्य तथा पदाधिकारीहरुलाई बायपास गरी एकलौटी ढँगले लोम ट्रेनिँग गराएको भन्दै पदाधिकारीहरुले असन्तुष्टि जनाउँदै तालिम बष्हिकार गरेपछि झन विवाद चुलिएको हो ।
जेसिजको पदाधिकारीहरुको लागि दिइने लोम ट्रेनिँग बोर्ड पदाधिकारीहरुको सल्लाह र सुझाव नलिइकन र साथै बोर्ड पदाधिकारीहरुको ९ वटा बोर्ड सदस्यलाई समावेश नै नगरिकन एकलौटी गरेपछि विवाद उत्पन्न भएको हो ।
कुनै पनि कार्यक्रम वा तालिम सँचालनको लागि त्यसअघि बस्ने बैठकमा कोरम पुगाउनुपर्ने प्रावधान रहेपनि अध्यक्ष साहले ९ वटा पदाधिकारीको अनुपस्थितिमा लोम अफिसर नै नभएको व्यक्तिलाई ट्रेनिँग दिएको आरोप लगाउँदै सोको बष्हिकार गरेको हो ।
“जेसिजको कुनै पनि बैठकमा ४८ घण्टा अघि नै एजेन्डा सहितको जानकारी दिनुपर्नेमा ३ घण्टा अघि मात्र जानकारी दियो । त्यसैले हामीले बैठक अस्विकार गरेका छौँ । त्यसको लागि हामीले बैठक अस्विकारको निवेदन लेखेका छौँ, तर अध्यक्षले सो निवेदन पनि दर्ता गरेनन् ।”
उनले विधिको शासनलाई अनुसरण हुनुपर्ने माग गर्दै जेसिज बर्ष २०२२ को लागि अध्यक्ष राजकुमार साहले पार्टीगत हिसाबले जेसिज चलाउन खोजेको आरोप लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…