Valentines Day: प्रेम सधैं र सबै प्रति सदैव हुनुपर्छ, न कि एक दिन कसै प्रति
विश्वासमा कम, यौन र आकर्षणमा ज्यादा टिकेका वा बनेका सम्बन्धमा कुन बेला कहाँ अविश्वास पैदा भएर टुट्छ थाहा हुँदैन । धेरैले प्रेम गुमेपछि मात्र प्रेमको महसुस गर्ने गरेका छन् ।
२०७८ फागुन २ सोमबार, बिहान ८:३९ बजे३ मिनेट पढाइ

भ्यालेन्टाइन डे को संस्कार नेपालमा भित्रिएको धेरै भएको छैन । छोटो समयमा पनि यसको प्रभाव भने उच्च बन्दै गैरहेको छ । केही वर्ष अगाडी सम्म युवा युवतीमाझ मात्र चर्चा हुने यो दिन अहिले भने सबै उमेर समूहमा पनि चर्चाको विषय बनेको छ ।
प्रेम दिवसको रुपमा एकदिन या एक हप्ता अपार माया देखाएर गुलाब र चकलेटले प्रेमको मुल्यांकन हुदैन । ३६५ दिन नै एकैनास माया गरिरहनु पर्छ ।प्रेम सधैं र सबै प्रति हुनुपर्छ, न कि एक दिन कसै प्रति१ यो दिवस आयातित हो र प्रेमको परिभाषालाई कदापि साघुँर्याउनु हुन्न ।
प्रेम उपहारमा होइन ब्यबहारमा झल्किनु पर्छ, हिन्दु धर्मावलम्बी भएको नाताले भ्यालेन्टाईनको प्रेम भन्दा राधाकृष्णको प्रेमलाई म उत्कृष्ट र आदर्श मान्छु ।भ्यालेन्टाइन डे अर्थात सात दिन सम्म फरक फरक कुराको लेनदेनमा आधारित प्रेम दिवस जुनकी अविवाहित जोडी बीच हुने गर्छ ।
पहिलो दिन फेब्रुअरी ७ तारीख ‘रोज डे’ जसमा प्रेमी प्रेमिकाले गुलाब लिने दिने गर्छन् । दोस्रो दिन ‘प्रपोज डे’ अरे, जसमा प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव राख्ने गर्छन् ।
तेस्रो दिन ‘चकलेट डे’ भन्ने अनि एक अर्कालाई फकाउनका लागि चकलेट लिने र दिने । चौथो दिन जसमा प्रेमी प्रेमिकाले अझ् बढी फकाउन वियर जस्ता उपहार लिने दिने गर्छन् । पाचौं ११ तारीख प्रोमिस डे प्रेमी प्रेमिका कहिल्यै नछुट्ने सधैं साथ रहन एक अर्कासंग बाचा बचन गर्छन् भनिन्छ ।
फेब्रुअरी १२ तारीखका दिन ‘हग डे’ रे जसमा प्रेमी प्रेमिकाहरु एक अर्कालाई फकाउन सफल भइसकेपछि अंगालो हाल्छन् । भोलिपल्टै ‘किस डे’ जसमा यतिका उपहार दिइसकेपछि फकाइकन अंगालो हालिसकेपछि त्यसको प्रतिफल स्वरुप प्रेमी प्रेमिकाले एक अर्कालाई किस गर्ने गर्छन् ।
किनकि यिनका लागि उपहारको लेनदेन अंगालो हालाहाल गरिसकेपछि अब चुम्बन गर्न त अधिकार नै ठान्दछन् । अनि अन्तमा आंउछ, सातौ दिन फेब्रुअरी १४ तारीख अर्थात्, मुख्य दिन, भ्यालेन्टाइन डे अर्थात दुबैको सहमतिमा अभिभावकले गरेको विश्वास, सभ्यता, अस्मिता, संस्कार, मान मर्यादा, र मावनताको निर्मम हत्या गरिने दिन हो । यो दिन के गर्छन् भनेर भन्नु पर्दैन् होला तर गरिसकेपछि के परिणाम हुन्छ त्यस बारे चर्चा अवश्य नै गरिनेछ ।
प्रेमभन्दा अघि नै एक–अर्कामा आफूलाई समर्पित गराउँछन् युवायुवती । अहिले हरेक चिज केवल यौनमा जोडिन थालेको छ । ‘वन नाइट स्ट्यान्ड, सेक्स डेट तथा पार्टनर एक्सचेन्ज’ जस्ता चलनहरू सामान्य बन्न थालेका छन् ।
विश्वासमा कम, यौन र आकर्षणमा ज्यादा टिकेका वा बनेका सम्बन्धमा कुन बेला कहाँ अविश्वास पैदा भएर टुट्छ थाहा हुँदैन । धेरैले प्रेम गुमेपछि मात्र प्रेमको महसुस गर्ने गरेका छन् ।
फेसबुकमा फ्रेन्डरिक्वेट पठाएर सुरु भएका सम्बन्ध त्यही फेसबुकमा ब्लक गरेर सकिँदै छन् । रातो गुलाफबाट सुरु भएका कयौं सम्बन्ध सुनौलो गुलाबसँगै गुमनाम भएका छन् हुँदै गएका छन् ।
यसको अर्थ साँचो मायागर्नेहरू नै छैनन् भन्न खोजिएको पनि होइन ।यसरी विदेशी संस्कृति नेपालमा भित्रिरहेको वर्तमान सन्दर्भमा नेपाली संस्कृतिमाथि अतिक्रमण भईरहेको तर्क प्रस्तुत गर्दछन् र नेपाली संस्कृतिको अस्तित्व मेटिने खतरा रहेको छन् ।
संस्कृति नै नहुनु भनेको आफ्नो अस्तित्व नै नरहनु हो। त्यसैले समाजमा रहेका हरेक धर्म, जात जाति र धर्मावलम्बीले आ(आफ्नो संस्कृतिको संरक्षणका निम्ति लागि पर्नु पर्दछ ।
किन भने आफ्नो असल संस्कृतिको विकास र उत्थानले नै त्यस समाज र राष्ट्रका जातिको उत्थान र प्रगति हुन सक्छ भन्ने कुरा मनन गरी हामी सबै त्यस तर्फ सचेत हुन आवश्यक छ ।
लेखक: रजनिश साह युवा अभियन्ता
(विभिन्न लेख, आलेखबाट शब्दहरु उद्धार लिइएको ।)















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…