भोली आईतबारदेखि स्कूलहरु भौतिक रुपमै खुल्ने
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा शैक्षिक कृयाकलापहरु बन्द गरेको थियो।

२०७८ माघ २९ शनिबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको लहर चलेपछि बन्द गरिएको विद्यालयहरु भोली फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने भएकोछ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णय अनुसार भोली फागुन १ गतेदेखि विद्यालय भौतिक रुपमै सँचालन हुने भएको छ ।
सीसीएमसीसीको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको अनुसार, भोली आईतबारदेखि विद्यालयहरु भौतिक रुपमा खुल्ने भएको छ ।
शैक्षिक कृयाकलाप तथा परीक्षा समबन्धी ब्यवस्थामा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यिुशन सेन्टर,तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्यको मापदण्ड पालना गरी फागुन १ गतेदेखि संचालन गर्न सकिने उल्लेख गरेको छ।
सबै किसिमको परीक्षाहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, गराई जेड आकारमा सिट ब्यवस्थापन गरी ०७८ फागुन १ गतेदेखि संचालन गर्न सकिने आदेश जारी गरेको छ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि सोको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकारले माघ पहिलो सातादेखि अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था तथा शैक्षिक कृयाकलापहरु बन्द गरेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…