भोली आईतबार सार्वजनिक विदा
मन्त्रीपरिषद स्तरीय निर्णयलाई नीजि सचिवालयको लेटरहेडमा सूचना दिएपछि समाजिक सँजालमा आलोचना भएको हो ।

२०७८ माघ २९ शनिबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भोली आईतबार मधेश प्रदेशमा सार्वजनिक विदा रहने भएको छ । मधेश प्रदेश सरकारले भोली सार्वजनिक विदाको घोषणा गरेको हो ।
भोली फागुन १ गते २७ औँ जनयुद्ध दिवसको अवसर पारेर एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो ।
मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सँचार मन्त्रालयले एक विज्ञप्ति जारी गरी भोली आईतबार एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।
सार्वजनिक विदाको लागि प्रदेश सरकारको मन्त्रीपरिषदले निर्णय गर्ने भएपनि आन्तरिक मामिला तथा सँचार मन्त्री भरत प्रसाद साहको नीजि सचिवालयले विज्ञप्ति जारी गरी सार्वजनिक विदाको जानकारी दिएका हो ।
मन्त्रीको नीजि सचिवालयबाट विदा सम्बन्धी जानकारीको विज्ञप्ति जारी भएपनि समाजिक सँजालमा आलोचना समेत भएको छ । मन्त्रीपरिषद स्तरीय निर्णयलाई नीजि सचिवालयको लेटरहेडमा सूचना दिएपछि समाजिक सँजालमा आलोचना भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…