नगरपालिकाको कार्यालयमा तोडफोड
बजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानी धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएको फाइल कर्मचारीले फिर्ता गरेको र उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले अपमानित गरेर पठाएको आरोप वडा अध्यक्ष खड्काको छ ।

२०७८ माघ २८ शुक्रबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा। मधेश प्रदेशको बारा जिल्लास्थित एक स्थानीय तहको कार्यालयमा तोडफोड जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा जनप्रतिनिधिले तोडफोड गरेका छन् ।
योजनाको सम्झौता गर्न नमानेको भन्दै आक्रोशित वडा नं. १७ का वडा अध्यक्ष नवराज खड्काले तोडफोड गरेका हुन् ।
बजेट सिलिङ्ग भित्र वडाले छनोट गरेको योजनाको सम्झौता गर्न नदिएको भन्दै आक्रोशित खड्काले नगरप्रमुख डा।कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकीय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामग्रीमा क्षति पुगेको छ ।
यस्तै योजना शाखाका आधा दर्जन कम्प्युटर लगायतको सामग्री तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा गएको टोलीले क्षतिको मुचुल्का गरेको छ ।
उपमहानगरपालिकाको कार्यालय जिम्मेवार नभएको भन्दै आफू बाध्य भइ तोडफोड गर्नु परेको वडा अध्यक्ष खड्काले बताए । तोडफोडले केही कम्प्युटर, प्रिन्टर र कुर्सीमा क्षति पुगेको छ ।
वडा अध्यक्ष खड् काले आफ्नो वडाले पाएको २ करोड ७० लाखको बजेट सिलिङ्ग मध्ये १ करोड १० लाख मात्रको सम्झौता गरेर बजेट सकियो भन्नु उपमहानगरपालिकाको कर्मचारीको बदमाशी भएको आरोप लगाए ।
बजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानी धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न पठाएको फाइल कर्मचारीले फिर्ता गरेको र उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले अपमानित गरेर पठाएको आरोप वडा अध्यक्ष खड्काको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…