शहिदनगर नगरपालिकामा नेपाली काँग्रेस पार्टीबाट पुस्कर मण्डलले मेयरमा उम्मेदवारी दिने घोषणा
विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मण्डलले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह चुनावमा शहिदनगरको मेयरको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । शहिदनगरमा नेपाली काँग्रेसबाट अन्य पनि कैयौँ जना दाबेबारले उम्मेदवारी दिने भएको छ ।

२०७८ माघ २७ बिहीबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर चर्चामा रहँदै आएको धनुषाको शहिदनगर नगरपालिकाको मेयरको लागि यसपालीको चुनावमा नेपाली काँग्रेसबाट पुस्कर कुमार देव मण्डलले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली काँग्रेस पार्टीको तर्फबाट उनले आफू शहिदनगरको मेयरको लागि उम्मेदवारी घोषणा गरेका छन् । आउँदो बैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावमा उनले आफू उम्मेदवारी दिने जनाएक छन् ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहा बस्ने पुस्कर कुमार देव मण्डल राजनीतिमा हालै सक्रियता देखाउँदै उनले नगर प्रमुखको लािग उम्मेदवारी दिने भएका छन् ।
विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मण्डलले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तह चुनावमा शहिदनगरको मेयरको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । शहिदनगरमा नेपाली काँग्रेसबाट अन्य पनि कैयौँ जना दाबेबारले उम्मेदवारी दिने भएको छ ।
गत स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका चर्चित मेयर उदय कुमार बरबरिया (यादव) सँग नेपाली काँग्रेसबाटै देबेन्द्र भर्खेर पराजित भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…