सिरहामा शुद्धको नाममा अशुद्ध पानी बेच्दै, अनुगमन गर्ने निकाय निस्कृय
न्यूज ब्यूरो, सिरहा, १३ चैत्र । सिरहामा शुद्ध पिउने पानीको नाममा प्रशोधन गरी विभिन्न नामका बोतल तथा जार बजारमा सर्वत अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग खेलवाड गरिरहेका छन । सिरहा नगरपालिका ८ महिसोथा र चन्द्रलालपुर १ सिरहामा रहेको सगरमाथा आक्वा र आनन्द जल शुद्ध पानीको नाममा अशुद्ध पानी बेच्ने काम

२०७४ चैत १३ मंगलबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा, १३ चैत्र । सिरहामा शुद्ध पिउने पानीको नाममा प्रशोधन गरी विभिन्न नामका बोतल तथा जार बजारमा सर्वत अशुद्ध पानी बेचेर मानिसको स्वास्थ संग खेलवाड गरिरहेका छन ।
सिरहा नगरपालिका ८ महिसोथा र चन्द्रलालपुर १ सिरहामा रहेको सगरमाथा आक्वा र आनन्द जल शुद्ध पानीको नाममा अशुद्ध पानी बेच्ने काम गरिरहेका पाइएको छ ।
सिरहा नगरपालिका ८ स्थित सगरमाथा आक्वाले आ.व. २०७१÷०७२ देखि नेपाल सरकारबाट पानी प्रशोधन गरी शुद्ध पिउने पानी बेच्ने ईजाजत नम्वर ५७७२ लिई हाल सम्म पानी बेच्दै आएको छन् । सिरहा सदरमुकाम स्थित जिल्ला अस्पताल अगाडी रहेको पान पसलमा सगरमाथा आक्वाको बोतलमा परालको टुक्रा फेला परेको छ । जल उत्पादन कम्पनी तथा डिस्टिबुटरहरु मान्छेको जीवन संग खेलवाड गरिरहेका छन ।
यसको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय सिरहा, घरेलु तथा साना उधोग, लहान लगायतका निकायहरु निस्कृय भएको सिरहा उधोग बाणिज्य संघ सिरहाका सदस्य शम्भु साहले बताएका छन् । सगरमाथा आक्वा उधोगको प्रोपराइटर मिथलेश यादबका अनुसार मान्छेले मेनीवल गर्दा कहिले काही मिस्टेक भइहाल्छ भनी बताए ।
यता, जिल्ला प्रशासन कार्यालय सिरहाका निमिति प्रमुख जिल्ला अधिकारी सोम प्रसाद भट्टराइका अनुसार आफूहरु केही दिन देखि कार्यव्यस्तताको कारणले बजार अनुगमन गर्न नसकेको र अहिले एसईई परीक्षा चलिरहरेको हुदाँ परक्षा पछि अनुगमन गर्ने भनी बताएका छन् ।
त्यस्तै केही दिन अगाडि सिरहा चन्द्रलालपुर १ सिरहामा रहेको आनन्द जलको पानीमा मिर्चैया स्थित रहेका राहुल होटल एण्ड गेस्ट हाउसमा दुई वटा बोतलमा बयरको फल फेला परेको थियो । यसरी बारम्बार अशुद्धपानी बजारमा भेटे समाचार बारम्बार विभिन्न समाचार माध्यममा आइरहदा पनि अनुगमन गर्ने निकाय निस्कृय भएको देखेर सिरहाली बासी चकित भएका छन् र भन्न थालेका छन कि अनुगमन निकायको मेलोमतोमा यस्ता उत्पादकहरु आम उपभोक्ताको जिवनसँग खेलवाड गरिरहेकाछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…