एमालेसहित अन्य पार्टी छाडेर सयौँ जना नेपाली काँग्रेसमा
सो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बिक्रु मिझार ,उपमेयर बिध्या देवि भुजेल,प्रदेश ख सभापति ऋषिकेश लामा ,प्रदेश महाधिवेशन प्रतीनिधि शंकर प्रसाद यादव,वडा सचिव तथा युवा नेता राजिब यादव वडा नं १ देखि ९ वडा सम्मका वडा सभापतिहरु नगरसभापती लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो

२०७८ माघ २१ शुक्रबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसय बिघामा जसपा, एमालेसहित विभिन्न पार्टी प्रतित्याग गरि सयौंको संख्यामा नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छ्न ।
धनुषाम नगरपालिका वडा नम्बर ५ का वडा सभापति सँजय महतोको अध्यक्षता तथा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा जसपा सहित विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नगरप्रमुख बालेश्वर मण्डलले अहिले प्रजातान्त्रिक लोकतान्त्रिक समय अवधीमा स्वच्छता बमोजिम अधिकार रहेको बताए । साथै पार्टी पहिचान गरि नेपाली काङ्ग्रेस जस्तो देशमा परिवर्तन गर्ने कुनै पार्टी नरहेको बताए ।
मण्डलले नव प्रवेशीहरुको कथा ब्यथा अब हामी कांधमा काध मिलाएर संगै हरेक समय सहयोग गर्ने र कुनै किसिमको खाचो भएमा हामी साथ दिने प्रतिबद्धता समेत गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै वडा सभापति संजय महतोले २४ सैँ घण्टा हामी संगठन प्रती खटिने सिपाही रहेको बताउँदै हरेक समय साथमा हुने प्रतिवद्धता जाहेर गरे । नवप्रवेशीहरु लाई स्वागत गर्दै हरेक समय साथ दिने बिश्वास उनले जनाए ।
बिशिस्ट अतिथिको आसनबाट वडा अध्यक्ष इन्द्रकुमार महतोले कसैको धाकधम्की अब नचल्ने चेतावनी दिए । उनले भने “त्यस्तालाई पहिचान गर्नुस बिकासको मामिलामा कतै काखा पाखा गर्नुहुँदैन । हामी तपाईको गाउँ टोलमा सकिने बमोजिम बिकास गरेका छौ ।”
नव प्रवेशीहरुलाई स्वागत गर्दै संरक्षण गर्न कुनै किसिमको कसर बाकी न राख्ने महतोले थपे ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बिक्रु मिझार ,उपमेयर बिध्या देवि भुजेल,प्रदेश ख सभापति ऋषिकेश लामा ,प्रदेश महाधिवेशन प्रतीनिधि शंकर प्रसाद यादव,वडा सचिव तथा युवा नेता राजिब यादव वडा नं १ देखि ९ वडा सम्मका वडा सभापतिहरु नगरसभापती लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो
कार्यक्रम संचालन शंकर यादव तथा ऋषिकेश लामा गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…