दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्छः YAN
वातावरणको दोहन गर्ने विरुद्ध आवज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।

२०७८ माघ १८ मंगलबार, राति ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । क्रसर माफियाद्धारा हत्या गरिएका पर्यावरण अभियानी दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने भन्दै युवाहरु निरन्तर दबाब बनाइहेका छन् ।
युवाहरुको समूह युथ एसोसिएसन अफ नेपालले मँगलबार मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहलाई ज्ञापन पत्र बुझाउँदै दिलीपलाई पर्यावरण शहिद घोषणा गर्न माग गरेका छन् ।
प्रदेशको मन्त्रालयमा पुगेर एसोसिएसनका अध्यक्ष राहुलराज यादवको नेतृत्वमा गएका युवाहरुले मन्त्री साहलाई ज्ञापन पत्र बुझाएका छन् । क्रसर माफिया विरुद्ध बोल्दा दिलीपलाई हत्या गरिएको थियो ।
यसअघि संघीय सरकारका वन तथा वातावरण मन्त्री राम सहाय यादवलाई ज्ञापन पत्र बुझाएका युवाहरुले मँगलबार मन्त्री साहलाई दिलीपलाई पर्यावरण शहिद घोषणा
महतोलाई पर्यावरण सहिदका साथै घटनाको छानविन केन्द्रीय स्तरबाट केन्द्रीय अनुसन्धान व्युरोसँग गराई दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
एसोसिएसनका अध्यक्ष यादव सहित मनोहर यादब, सचितानन्द साह, अमीत मण्डल लगायत युवाहरु बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री साहले महतोलाई पर्यावरण सहिद घोषणा गराउनका लागि पहल गर्ने आश्वासन दिए ।
वातावरणको दोहन गर्ने विरुद्ध आवज उठाउने धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका राम जीवन महतोका २४ वर्षीय छोरा ओमप्रकाश महतो (दिलिप) को हत्या भएको थियो ।
२०७६ पुस २५ औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका महतोको हत्या गरिएको थियो । उक्त घटनामा संलग्नहरुमाथि मुद्दा चलाएपनि तीनजनालाई घरौटीमा छाडिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…