भोली देशैभरि सार्वजनिक विदाको घोषणा
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्धारा जारी गरिएको सूचनामा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सँघसँस्थाहरुमा विदा हुने भनिएको छ ।

२०७८ माघ १८ मंगलबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले भोली बुधबार एक दिने सार्वजनिक विदाको घोषणा गरेको छ ।
नेपाल सरकारको गृह मन्त्रालयले मँगलबार दिउँसो एक विज्ञप्ति जारी गरी भोली बुधबार देशैभरि सार्वजनिक विदाको घोषणा गरेको हो ।
भोली माघ १९ गतेको दिन पर्न गएको सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार सोनााम ल्होसारको अवसर पारेर भोली बुधबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो । बुधबार देशैभरिको सरकारी कार्यालयहरु बन्द रहने जनाइएको छ ।
गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्धारा जारी गरिएको सूचनामा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सँघसँस्थाहरुमा विदा हुने भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…