आन्दोलनरत किसानहरुको माग सरकारले सम्बोधन गर्नुपर्छः मधेशी आयोग
यस्तै, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न पनि आरोपले सुझाएको छ । बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो भन्दै राज्य संयमित भई समाधानर्थ कार्य गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

२०७८ माघ १६ आइतबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगले मधेशमा आन्दोलनरत किसानहरुको माग सम्बोधन गर्नको लागि सरकारसँग अपिल गरेको छ ।
आयोगले उँखु किसानको समस्यामाथि समेत ध्यान केन्द्रीत गर्दै सरकारसँग उँखु किसानले बेचेको उँखुको भुक्तानी गराइदिन माग सरकारसँग गरेको छ ।
आयोगकी निमित्त सचिव सविता डंगोलले आईतबार जारी गरेको प्रेस विज्ञप्तिमा किसानहरुको समस्या समाधान गर्न तीनै तहको सरकारसँग अपिल गरेकी हुन् ।
मधेशमा जनमत पार्टीको नेतृत्वमा विगत एक महिना ७ दिनदेखि निरन्तर किसान आन्दोलन जारी रहेको बेला पनि सरकारले मौनता साधेपछि मधेशी आयोगले किसानहरुको माग पूरा गर्न दबाब स्वरुप सरकारसँग अपिल गरेको छ ।
किसान आन्दोलनको आयोगका सदस्यहरु जीवछ साह, रेणु देवी साह र विजय कुमार गुप्ताले स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि विज्ञप्ती जारी गरेर किसानको समस्या समाधान गर्न सरकारसँग आयोग अपिल गरेको छ ।
यस्तै, शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न पनि आरोपले सुझाएको छ । बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो भन्दै राज्य संयमित भई समाधानर्थ कार्य गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…