वृद्धाभक्ताको रकम हिनामिनामा संलग्न सचिव राउतविरुद्ध आरोपत्र दायर
घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ ।

२०७८ माघ १४ शुक्रबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र विभिन्न शीर्षकमा उठेको राजस्व रकम हिनामिनामा संलग्न नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ का वडासचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र सहयोगी निलप्रसाद मिश्रविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
उनीहरूले सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेकाले रु त्रिपन्न लाख एक हजार ८५६ बिगो कायम गरी निजहरूबाट असुलउपर हुनुपर्ने मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
गत चैत २४ गते राति सामाजिक भत्ता वितरण गर्न ल्याएको रकम र विभिन्न शीर्षकमा सङ्कलन भएको राजस्व कार्यालयबाटै हराएको भन्दै आयोगमा उजुरी परेको थियो ।
उक्त घटनाको अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक गिरीले सामाजिक सुरक्षा रकम रकम बैंकबाट लिएर आएको तथा वडासचिव, कार्यालय सहायक र सहयोगीको रहोबरमा कार्यालयको दराजमा राखिएको, दराजको सेफको चाबी वडा सचिव राउत र कार्यालय सहायक गिरीसँग रहेको र कार्यालयको चाबी सहयोगी मिश्रले बोकेको पाइएको आयोगले जनाएको छ ।
घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरिएको देखिएको र वडा कार्यालयमा रकम राखी घर गएको देखिएको आयोगको अुनसन्धानबाट खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…