बिना अनुमतिको फोटो भिडियोमा महासंघले भन्योः 'अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूलता'
अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको जनाइएको छ ।

२०७८ माघ १४ शुक्रबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गृह मन्त्रालयले विहिबार एक विज्ञप्ति जारी गर्दै कसैको फोटो, भिडियो बिना अनुमतिको राख्न नपाउने भनेपछि नेपाल पत्रकार महासँकोे ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासँघ केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयद्वारा २०७८ माघ १३ गते जारी प्रेस विज्ञप्तिले पत्रकार र स्वतन्त्रतापछि प्रतिकूल प्रयोग हुन सक्ने जनाएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ । महासंघ संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।”– महासंघको विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…