नेपालको सबभन्दा बढी जनसँख्या 'मधेश प्रदेश' मा
अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । जनसँख्या अनुसार, पुरुष भन्दा ६ लाख बढी महिलाहरु छन् ।

२०७८ माघ १२ बुधबार, दिउँसो १२:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। संघीय नेपालको सबभन्दा बढी जनसँख्या मधेश प्रदेशमा भएको तथ्याँक सार्वजनिक भएको छ । तथ्यांक विभागले आज सार्वजनिक गरेको २०७८ सालको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो ।
तथ्याँक विभागको प्रारम्भिक तथ्याँक अनुसार नेपालको सात वटा प्रदेश मध्ये प्रदेश अनुसार सबभन्दा बढी जनसँख्या ८ जिल्लाको मधेश प्रदेशमा देखाएको हो ।
मधेशपछि सबैभन्दा बढी जनसंख्या भएको प्रदेशमा बागमती प्रदेशको नाम आउँछ । बागमतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश रहेको विभागले जनाएको छ ।
कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ रहेको थियो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
नयाँ जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । जनसँख्या अनुसार, पुरुष भन्दा ६ लाख बढी महिलाहरु छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…