विभिन्न पार्टी त्याग गरी करिब डेढ सय नेता कार्यकर्ता नेकपा समाजवादीमा प्रवेश
कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी सदस्य देबिन्द्र गोहिवार, जिल्ला अध्यक्ष युवा संघ नेपालका राजेश यादव, नेकपा एकिकृत समाजवादी सिरहा नगर कमिटीका नगर अध्यक्ष ईन्द्रजित यादव लगायत स्थानीय बासीहरुको उपस्थित रहेको थियो ।

२०७८ माघ १० सोमबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा नेकपा (एकीकृत समाजवादी) को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिका वडा नम्बर ६ मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा (एमाले) निकट अनेरास्ववियुको केन्द्रिय सचिवालय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष सुदन कुसियैत नेकपा प्रतियागा गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन ।
नेकपा (एमाले) का रामकुसुम महरा काँग्रेसका – देवनाथ बनरैत, सुमिता महरा जसपा – प्रदिप गोईत, सम्भु दास लगायत १५० जना विभिन्न पार्टी परित्याग गरि सयौं नेता तथा कार्यकर्ता एकिकृत समाजवादी पार्टीमा प्रवेश भएको युवासंघ जिल्ला अध्यक्ष राजेश यादवले बताएका छन ।
कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी सदस्य देबिन्द्र गोहिवार, जिल्ला अध्यक्ष युवा संघ नेपालका राजेश यादव, नेकपा एकिकृत समाजवादी सिरहा नगर कमिटीका नगर अध्यक्ष ईन्द्रजित यादव लगायत स्थानीय बासीहरुको उपस्थित रहेको थियो ।
सो कार्यक्रम बिच युवा संघका अध्यक्ष राजेश यादवले अहिले विभिन्न जिल्लाहरुमा युवा पुस्ताका भाईहरु लागु औषधमा धेरै जसो सङलता रहेको बताएका थिए ।
युवाहरूलाई राम्रो र सहि बाटो अपनाउनुपर्ने भन्दै केही दिनमा नै जनचेतनामूलक कार्यक्रम गरि सबैमा जानकारी गराएका थिए । गाउँघरमा भएको कुनै पनि हिंसा विरुद्ध जस्तै चोरी डकैती , लुटपाट, बलात्कार, महिला हिंसा जस्ता किरियाकलाप भएमा युवा संघ २४ घण्टा तत्पर रहने जानएका थिए । कार्यक्रममा नेता देखि युवा नेता सम्मले आआफ्नो मन्तव्य राखेका थिए ।
अगुव कार्यकर्ता भेलामा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवले गराएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि कानुन न्याय तथा प्रदेश मामिला मन्त्री तथा पार्टी सिरहा जिल्ला अध्यक्ष प्रमोद यादवको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…