समाचार प्रभावः मधेश सरकारले सच्चाए प्रदेश राजपत्र, चुच्चे नक्सासहितको राजपत्र पुनः प्रकाशित
प्रदेश सरकारको कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट छपाई हुने प्रदेश राजपत्रमा सरकारको अधिकारिक र राजनीतक नक्सालाई हटाएर पुरानो नक्सा राखिएकोप्रति टिप्पणी गरिएपछि मन्त्रालयले केही घण्टामै पुनः सो राजपत्र सच्याएर चुच्चे नक्सा राखेको हो ।

२०७८ माघ ९ आइतबार, दिउँसो ३:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय नेपालको मधेश प्रदेश सरकारले देशको नक्सा सम्मलित सरकारी निशान छापमा कालापानी, लिम्पीयाधुरा र लिपुलेकको नक्सा बिना नै राजपत्र प्रकाशित गरेको मधेश सरकाले भूल सुधार गरेको छ ।
नेपालको भूभाग रहेको कालापानी, लिम्पीयाधुरा र लिपुलेक सहितको चुच्चे राजनीतिक एवम् प्रशासनीक नक्सा जारी भएपनि मधेश प्रदेश सरकारले सो नक्साबिनाको राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो । केही घण्टामै सरकारले भूभागसहितको सरकारी निशान छापमा नक्सा प्रकाशित गरेको छ ।
मधेश प्रदेश राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी भू–भागसहितको चुच्चे नक्सा गायब गरिएको भन्दै समाजिक सँजालमा टिकाटिप्पणी गरिएपछि भुल सुधार गरेको हो ।
प्रदेश सरकारको कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयबाट छपाई हुने प्रदेश राजपत्रमा सरकारको अधिकारिक र राजनीतक नक्सालाई हटाएर पुरानो नक्सा राखिएकोप्रति टिप्पणी गरिएपछि मन्त्रालयले केही घण्टामै पुनः सो राजपत्र सच्याएर चुच्चे नक्सा राखेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…