१८ बर्षिय युवतिलाई घरमै बलात्कार गर्दा गर्दै दुई जना रँगेहात पक्राउ
पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए ।

२०७८ माघ ८ शनिबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बाँके । एक १८ बर्षिय युवतिलाई दुई जनाले अपहरण गरी बलात्कार गर्दा गर्दै पक्राउ परेका छन् ।
बाँके जिल्लाको नेपालगन्जमा बस्दै आएकी १८ वर्षीया युवतीको अपहरणपछि बलात्कार भएको छ ।
जाजरकोटकी ती युवतीलाई सा मुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवतीसँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेर अपहरण गरेका थिए ।
मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनः घरमै लगेर बला त्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।
पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए ।
प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…